Wednesday, May 26, 2010

छ सय बर्ष पछि कुलपुजा

Wednesday, 26 May 2010
सन्तोष थापा पर्वत १२ जेठ । दाजुभाई भेट हुन पनि कति समय लाग्छ दश या बीस बर्ष । तर पर्वतको सदरमुकाम कुस्माबजारमा बसोबास गर्ने नेवार समुदायले आज ६ सय बर्ष पछि सामुहिक कुल पुजा गरेका छन् । नेवार समुह मान गोत्र कौवा खलकका दाजुभाईहरुले पुर्खा खोज्ने क्रममा अहिले मात्रै कुल भेटेकाले सामुहिक कुल पुजा गरेका हुन् ।
उनीहरुको पुख्यौली काभ्रेको बनेपा रहेकाले अहिले सम्म भेट भएको थिएन । बनेपाबाट बागलुङ्गको कुईदाङ्ग हुँदै कुस्मा आएको सो समुदायका सदस्यहरु कुस्मा पछि अन्यत्र फैलिएका प्रमाण फेला परेको कुलपुजा आयोजक समितिका संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिनुभयो । पुजामा काठमाण्डौ फलेबास बागलुङ्ग नारायणगढ सम्मका ४ सय आफन्तहरु भेला भै पुजा गरेको प्रचार संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । पुजामा बाजागाजा र र् याली समेत आयोजना गरिएको थियो । उनीहरुले कुल मन्दिर समेत निर्माण गरेका छन । सो अबसरमा कुल खोज्न सहयोग गर्ने शिबालय -५ का शिब श्रेष्ठ र शिबालय -६ का शिबकुमार श्रेष्ठ तथा जग्गादाता नैनाकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
Source: nepalnews24.com

No comments: